घरबेटी बालाई दिक्क पार्ने जेम्स, कलेजका लभ्ली लेक्चरर- नवराज आचार्यलाई टेलिभिजनका अडियन्सले यी रुपमा चिन्छन् । एक्टर मात्रै होइन, कलेज र घरबेटी बाका साथै दर्जनौं म्युजिक भिडियोका निर्देशक पनि हुन्, नवराज आचार्य । अब नवराज आचार्य टेलिभिजन च्यानलमा मात्रै सिमित नहुने तयारी गर्दैछन् । उनको ह्वाइट हर्स प्रोडक्सनले निकट भविष्यमा सिनेमाको निर्माण गर्दैछ र निर्देशक हुनेछन्, नवराज आचार्य । उनी सिनेमा निर्माणको पहिलो फेजमा छन् । अहिले उनी सिनेमाको स्त्रिmप्ट लेखिरहेका छन् । कथा तयार भैसकेको छ भने त्यसको स्त्रिmन प्ले र डाइलग लेख्ने काममा उनी बिजी भइरहेका छन् । सिनेमाको टाइटल, कास्ट र टेक्निसियन फाइनल नभएपनि सिनेमामा धेरैजसो नयाँ कलाकारहरु हुने उनले बताएका छन् । सिनेमाको शुटिङ्ग ०६७ सालमा हुने लगभग तय भैसकेको पनि उनले बताए ।