पहिलो पटक 'कुसुमे रूमाल' निर्देशन गरेर चर्चामा आएका युवा निर्देशक निरक पौडेलले पुन: अर्को चलचित्रको निर्देशन गर्ने भएका छन् । चलचित्रको मुख्य भुमिकामा हाँस्यकलाकार हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठ देखिने खुलासा भएको छ । आफ्नो पहिलो चलचित्र 'कुसुमे रूमाल' मा नयाँ कलाकारहरूलाई लिएका निर्देशक निरकले आफ्नो दोस्रो चलचित्रमा भने निकै पुराना कलाकारलाई मुख्य भुमिकामा प्रस्तुत गर्न लागेका छन् ।
लामो समय ठूलो पर्दाको चलचित्रबाट टढिएका कलाकारद्वय मह जोडी चलचित्र 'हाँसी देउ एकफेर' पछि फेरी एकपटक गोपीकृष्ण मुभिजको व्यानरमा मुख्य भुमिकामा देखिंदै छन् । ५० भन्दा बढी चलचित्रमा कथा लेखि सकेका बिकाश आचार्यले पहिलो पटक गोपीकृष्ण मुभिजको व्यानरको लागी कथा तयार गर्दैछन् । महजोडी बाहेक चलचित्रको अन्य कलाकार र प्राबिधिकको भने टुङो लागेको छैन ।