Go to Homepage  
Home > news > गैडा निर्देशक बने
 
गैडा निर्देशक बने
Posted Date: 2010-02-05

तीन वर्षघि आफूले बनाएको फिल्म 'नेपाल'बाट उनले करिब १५ लाख नोक्सान ब्यहोर्नु पर्‍यो । त्यसपछि उनलाई सिनेक्षेत्र नै छाडौं कि जस्तो लागेको थियो । तर, तितो सत्यले दिएको लोकप्रियताका कारण उनले अभिनयलाई निरन्तरता दिए । टेलिफिल्म तितो सत्यमार्फ गैंडाका रूपमा ख्याति कमाएका हास्य अभिनेता निर्मल शर्माको प्रसंग हो यो ।

अझै सिनेमा बनाउने चाहना छैन उनको । तर, अभियनलाई भने उनी छोड्न सक्दिनँ भन्छन् । यी हास्य अभिनेताले पछिल्लो समय निर्देशनमा समेत हात हालेका छन् । बुधबार राजधानीमा टेलिसिरियल 'लगन जुलाजस्तो छ' को सुटिङमा भेटिएका यी कलाकारले भने, 'आजकल म त निर्देशनतिर पो व्यस्त छु । टेलिफिल्मको छायांकन नपरेको दिन म्युजिक भिडियो र विज्ञापनको सुटिङ राख्ने गरेको छु ।' ६ महिनाअघि राजश्वको एउटा विज्ञापन बनाएर उनले निर्देशनमा हात हालेका थिए । यसपछि आधा दर्जन विज्ञापन निर्देशन गरिसकेको शर्माले जानकारी गराए ।


विज्ञापन मात्र होइन, उनले एक दर्जन म्युजिक भिडियोका निर्देशन यो अवधिमा गरिसकेका छन् । शर्माले काठमाडौं महानगरपालिकाको फोहोरसम्बन्धी जनचेतना जगाउने एउटा गीतको केही महिनाअघि म्युजिक भिडियो बनाएका थिए । सो म्युजिक भिडियोमा शिव श्रेष्ठ, भुवन केसी, धीरेन शाक्यसहित विभिन्न कलाकार, हरि खड्कालगायतका खेलाडी, उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशी तथा सुरेन्द्रवीर मालाकारलगायतलाई अभियन गराए । त्यो म्युजिक भिडियो छोटो समयमै लोकप्रिय भएपछि आफूलाई म्युजिक भिडियो निर्देशनको प्रशस्त प्रस्ताव आएको उनले बताए ।

गायिका स्मिता प्रधान, गायक जगजित सिंहलगायत थुप्रैको म्युजिक भिडियो उनले  निर्देशन गरिसकेका छन् । रामकृष्ण ढकाल, डिजराज लगायतको नयाँ गीतको म्युजिक भिडियो पनि आफूले चाँडै निर्देशन गर्ने जानकारी निर्मल शर्माले गराए । टेलिफिल्म र फिल्मको निर्देशन गर्ने उनको योजना छैन । तर, म्युजिक भिडियो निर्देशनलाई भने निरन्तर अगाडि बढाउने पक्षमा छन् । कारणबारे उनले भने, 'म्युजिक भिडियो निर्देशन गर्दा मैले त्यसबाट एक किसिमको आनन्द पाएँ । चलचित्र तथा टेलिचलचित्रको निर्देशनमा लामो सयम जुट्नुपर्ने र म्युजिक भिडियोको निर्देशन एक दिनमा सकिने भएकाले म म्युजिक भिडियोमै केन्द्रित रहने छु ।'

 

Source: Filmy Khabar

 
More Gossips

धनीया के दुनिया मल्लिका कार्किसँग

फन क्याफे, रिचा घिमिरे सँग

सन्चो बिसन्चो फाल्गुण २२

हाउस फुल कमेडी शो फाल्गुण २१

चिया चौतारी फाल्गुण २२

खुल्दुली डट कम्, फाल्गुण

झटारो फाल्गुण १८

Check out more »

News and Events

 

Check out more »
 
.................................................................

Check out more »

Humor Of The Day

छोरा- ममि हिजो राति पनि अचम्म भयो, मैले बाथरुम खोलेको त बत्ती आफै बल्यो ।
ममि- नालायक ! तैले फेरी पि्रुजमा पिसाब फेरिस् ॥

  • Humor Of The Day
  • Humor Of The Day
  • Humor Of The Day
  • Humor Of The Day
  • Humor Of The Day
  • Humor Of The Day
  • Humor Of The Day
  • Humor Of The Day
 
 
 
Search
 
Public Polling
 
तपाईंलाई सबै भन्दा को मन पर्छ ?
 
 
Feedback
 
 
Home   |  About Us  |  Feedback  |  Privacy Policy  |  Disclaimer  
Powered by: Longtail e-media   
Copyright 2009 © All Rights Reserved


Radio Audio Pvt. Ltd

P.O. Box: 14469, Omkar Top Floor, Naya Baneshwor, Kathmandu, Tel : 014781571, 4784414
Fax : 00977-1-4783879, E-mail : info@radioaudio.org, www.radioaudio.org