परिक्षामा फेल हुनुमा तपाईँको दोष छैन
तपाँई परिक्षामा फेल हुनुमा तपाईँको दोष छैन, नेपाली क्यालेण्डरको छ दोष । आजको बिशेषमा नेपाली क्यालेण्डर र हाम्रो स्कुल कलेजको बाध्यताको कुरो गरौँ ल ।
बर्षमा जम्मा ३६५ दिन हुन्छन् ।
३६५ दिनमा ५२ वटा त शनिबार हुन्छन् बाँकी रह्यो ३१३ दिन ।
३१३ दिनमा गर्मी बिदा र जाडो बिदा गरेर ५० दिन हुन्छ बाँकी रह्यो २६३ दिन ।
हडताल, आन्दोलन, बन्दगरेर कम्तीमा बर्षको ६३ दिन घटाउनोस्: वास्तविक पढाई हुनमात्र २०० दिन ।
दशैँ,तिहार,राम नवमी, कृष्ण अष्टमी, बिदेश सवारी, स्वदेश आवारी कम्तीमा ५० दिन....बाँकी रह्यो १५०दिन ।
अब १५०दिनमा पनि खानु पर्यो, खेल्नु पर्यो,शैक्षिक भ्रमण, एक्ट्रा एक्टिभिटिज गरेर २५ दिन बाकी रह्यो १२५दिन ।
१२५दिनमामा पनि फस्ट ट्रम, सेकेन्ड ट्रम, थर्ड ट्रम, फाईनल एक्जाम, रिजल्ट डे, स्कुल डे जम्मा गरेर ४० दिन, अब वास्तविक पढाई हुने भनेको ८५ दिन ।
त्यही ८५ दिनमा पनि कैले बिरामी, कैले छिमेकीको बिहे, कैले स्कुलमा ताला, कैले जुलुसमा जानै पर्ने, कैले के कैले के...गरेर जम्मा ४० दिन , बाकी रह्यो मात्र ४५दिन ।
४५दिनमा पनि १५दिन गेम दिवस,१५ दिन प्रेम दिवस,वास्तविक बाँकी १५दिन ।
१५ दिनमा पनि १० दिन परिक्षाका लागी छुट्टी, ४ दिन सर ससुराली जानु पर्ने भएकोले बिदा...बाँकी रह्यो १ दिन ।... ............. .................. .........................
अब भन्नोस्, बर्ष भरीमा जम्मा एकदिन पढेर कसरी पास गर्छ बिद्यार्थीले ?
प्रहरीको लवलेटर मेरो हृदयकी नाइटभिजन, लङ्गरेन्जको भन्दा लामो तथा बंकरभन्दा गहिरो माया ! आत्माकी सेन्ट्री, सेक्यरिटीवाल भन्दा मजबुत प्यार । मेरो दिमागकी एम्बुस, ब्ल्यांकफायर भन्दा धेरै क्लियर संझना । प्यारी, मेरो सानो मिसफायरमा तिमी मेरो घेरा तोडेर माइत गयौं, मेरो मनमा र्कफ्यु लागेको छ । तुरुन्त आत्मसर्मपण गरिदेउ, हैन भने, हातहतियार सहित माइतमा आक्रमण हुनेछ !! उहि तिमीलाई सधैँ सुरक्षा दिने हवल्दार 'काले'
कम्प्युटर अपरेटरको प्रेमपत्र जिन्दगीकी कन्ट्रोल प्यानल, हन्ड्रेड जिबीको माया ! मैले १एमबी मायााको लागी कतिपटक एप्लाई गरेँ, तर कहिल्यै पनि ओ.के. गरिनौ । तिम्रो पिक्चर मेरो हार्डडिस्कमा सेभ गरिसकेको छु । कृपया मेरो मायालाई रिसाइकलबीनमा सेन्ड नगरिदेउ । मेरो रिकोएस्ट मानिनौं भने, म आफैंलाई अटो डिलिट गर्नेछु , अगाडी तिम्रो इच्छा !! तिम्रो जिन्दगीको पासवर्ड ' ........ '
ड्राइभरको लवलेटर मेरो मुटुकी स्टेयरिङ् , चौथो गियर भन्दा धेरै माया ! अहिले सम्म म कण्डिसनमा नै छु , आषा छ, तिमी पनि पञ्चर भएकी छैनौ होला । म घरबाट हिँड्दा तिम्रो चक्का मेरो मतलब खुट्टा ठिक थिएन, राम्रो वर्कसपमा गएर डाक्टरलाई देखाउनु । केटाकेटीलाई गाली गर्दा हर्न सानो पार्नु , छिमेकीले ओभरटेक गर्छन्, आउँदो नपालबन्दमा घर आउँदैछु ,त्यसैबेला बेट्रीचार्ज गरौंला !! उहि तिमीलाई हर्न बजाउने ड्राइभर माइला, बि.च.रा.४३२३
यस्ता पनि छन्
पैसा तिर्नुपरे औसधी पनि नखाने सित्तैमा पाए बिष पनि खाने । हम्रो समाजमा यस्ता मान्छे पनि छन् भ्रमण भत्ता पाइन्छभने नरक पनि जाने ।।
|
|